फोन तात्छ ? कसरी पाउने छुटकारा ?

आजकल स्मार्टफोनको प्रोशेसिङ क्षमता जति बढिरहेको छ त्यति नै आकारमा स्लिम हुँदै गएको छ । तिनको डाटा, स्क्रिन रेजोल्युशन र दृश्यको गुणस्तरसमेत उत्कृष्ट हुँदै गएको छ ।

यस्ता मोबाइलमा प्रयोगकर्ताले धेरै एप्स तथा प्रोग्राम एकैपटक चलाउँदा प्रोशेसरमा अत्यधिक चाप पर्न गई फोन तात्ने हुन्छ । मोबाइलमा धेरै इन्टरनेट चलाउने र भिडियो हेर्ने गर्नाले पनि फोन तात्ने समस्या धेरै हुने गर्दछ । फोन तात्ने समस्याका प्रमुख ३ कारणहरु यसप्रकार छन् :

१.लामो समयसम्म निरन्तर फोनको प्रयोग गर्दा यसको प्रोशेसरमा भार पर्ने भएकाले फोन तात्छ ।


२.स्मार्टफोन चार्जमा राख्दा विद्युतीय सञ्चारका कारण पनि फोन तात्छ ।

३.वायरलेस फोन सञ्चालनका लागि रेडियो सिग्नलको आवश्यकता पर्छ । रेडियो सिग्नलका लागि विशेष

प्रणालीको व्यवस्था गरिएका हुन्छन् । यो प्रणाली कमजोर भएमा कनेक्टिभिटीका लागि ब्याट्रीमा चाप पर्न गई फोन तात्छ ।

फोन हल्का तात्नु स्वाभाविक हो । तर, अत्याधिक फोन तात्ने समस्यालाई हल्का रुपमा लिनुहुँदैन । यसरी फोन यस्तो समस्याको समयमै समाधान गर्नु आवश्यक छ । किनकि, विद्युतीय उपकरणमा आउने खराबीले दुर्घटनासमेत निम्त्याउन सक्छ । फोन तात्ने समस्याका सम्भावित समाधानहरु यसप्रकार छन् :

१. अत्याधिक मात्रामा फोन तात्छ भने तापले स्मार्टफोनलाई नराम्रो असर पुर्याइरहेको हुन्छ । यसो भइरहेको छ भने फोनलाई सकेसम्म खल्तीमा गुम्साएर नराख्नु राम्रो मानिन्छ । 

२. चार्जिङका लागि राख्दा फोन केही समय तातेमा भने यसको कुनै समाधान नभएको विशेषज्ञ बताउँछन् । तथापि, केही समय फोन बन्द गर्दा तात्ने क्रम घट्न सक्ने उनीहरुको भनाइ छ ।

३. यदि फोन निरन्तर तातिरहन्छ भने फोन निर्माता कम्पनी वा विक्रेतासम्म पुगी परीक्षण गराउनुपर्छ । यसो गर्दा फोनमा खराबी भएमा त्यो पनि जान्न सकिन्छ ।


ताजा खबर