एप्पल विश्वकै सर्वाधिक प्रतिष्ठित प्रविधि कम्पनी

फर्च्युन म्यागेजिनले हालै विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीमा धेरै प्रविधि कम्पनीहरुले आफ्नो स्थान सुरक्षित गरेका छन् भने अमेरिकी कम्पनी एप्पल पहिलो स्थानमा पर्न सफल भएको छ ।

विश्वका ३ हजार ८ सय भन्दा धेरै कर्पोरेट क्षेत्रका कार्यकारीहरु, निर्देशक तथा विश्लेषकहरुसँगको सर्वेक्षणबाट फर्च्युनले यस्तो सूची तयार पारेको हो । फर्च्युनको सूचीमा रहेका विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुमध्ये प्रविधि क्षेत्रका सर्वाधिक प्रतिष्ठित १५ कम्पनी यस्ता छन् :

१. एप्पल : पछिल्लो १४ वर्षदेखि अमेरिकी कम्पनी एप्पल लगातार विश्वको सर्वाधिक प्रतिष्ठित कम्पनीको सूचीमा पहिलो स्थानमा रहँदै आएको छ र यो पटक पनि त्यसलाई कायम राखेको छ ।

२. अमेजन : विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीको सूचीमा अमेजन कम्पनी दोश्रो नम्बरमा रहेको छ ।

३. माइक्रोसफ्ट : सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीको तेश्रो स्थान पनि प्रविधि कम्पनीले कब्जा गरेको छ र उक्त स्थानमा माइक्रोसफ्ट कम्पनी रहेको छ ।

४. अल्फाबेट : गुगलको मातृ कम्पनी विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा सातौँ स्थानमा छ भने प्रविधि जगतमा चौथो स्थानमा छ ।

५. सेल्सफोर्स : अमेरिकी सफ्टवेयर कम्पनी सेल्सफोर्स विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा १२ औँ स्थानमा रहेको छ ।

६. एसेन्चर : आइरिस कम्पनी एसेन्चर विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ३३औँ स्थानमा छ ।

७.एनभिदिया : अमेरिकी चिप निर्माता कम्पनी एनभिदिया विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ३७औँ स्थानमा छ ।

८. एडोब : सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा एडोब कम्पनीले आफुलाई ४०औँ स्थानमा राख्न सफल भएको छ ।

९. आइबिएम : अमेरिकी कम्पनी आइबिएम विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ४१औँ स्थानमा छ ।

१०. सामसुंग : दक्षिण कोरियाली कम्पनी सामसुंगले आफुलाई टप ५० भित्र राख्न सफल भएको छ र विश्वका सर्वाधिक लोकपि्रय कम्पनीहरुको सूचीमा ४९ औँ स्थानमा रहेको छ ।

११. पे पल : अनलाइन पेमेन्ट कम्पनी पेपल विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ५०औँ नम्बरमा रहेको छ ।

१२. एक्टिभिजन : गेमिंग कम्पनी एक्टिभिजन विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ५३औँ स्थानमा रहेको छ ।

१३. एएमडी : चिप निर्माता कम्पनी एडभान्स्ड माइक्रो डिभाइसेज विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ५५औँ स्थानमा परहेको छ ।

१४. अलिबाबा : चिनिया बहुराष्ट्रिय प्रविधि कम्पनी अलिबाबा विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ६१औँ नम्बरमा रहेको छ ।

१५. अमेरिका मोविलः मेक्सिकोस्थित टेलिकम कम्पनी अमेरिका मोविल विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ६४ औँ स्थानमा रहेको छ । –रोयटर्स


ताजा खबर