ॐ हस्पिटलमा ‘सिभियर पिपिएचएन’ को सफल उपचार

काठमाडौंको चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा अर्का एक नवजात शिशुले नयाँ जिवन पाएका छन् ।

काडमाडौं महानगरपालीका गल्फुटार निवासी रमेश शाह तथा सोफिला कार्की शाहका नवजात शिशुले ॐ अस्पतालमा नयाँ जिवन पाएका हुन् ।

ॐ अस्पतालकी कन्सल्ट्यान्ट गाइनोकोलोजिष्ट डा. सविना श्रेष्ठसँग नियमित एन्टिनेटल कन्सल्टेशन पछि उहाँकै सल्लाह अनुसार डेलिभरीका लागि ॐ अस्पताल भर्ना भई सोफिलाले अस्पतालमा छोरालाई जन्म दिनुभएको थियो ।

जन्मिएसँगै उनमा सिभियर पिपिएचएन ‘पर्सिस्टेन्ट पल्मोनरी हाइपरटेन्सन अफ न्यू वर्न’ अर्थात नवजाल शिशुहरुमा देखापर्ने स्वासप्रस्वास तथा रक्तचाप सम्वन्धि जटिल किसिमको समस्या देखा परेको थियो ।ॐ अस्पतालको बालरोग तथा नवजात शिशु बिशेषज्ञहरुले तत्काल शिशुलाई एनआइसियुमा भर्ना गरी उपचार थाल्नुभयो ।

६ दिन एनआइसियु र थप केहि दिन वार्डमा भर्ना भई सफल उपचारपछि शिशुलाई अस्पतालबाट डिस्चार्ज गरी घर जाने क्रममा हामीले क्याविनमा नै पुगेर उहाँहरुलाई भेट्दा उहाँहरु अत्यन्त खुशी भएको पायौं । अस्पतालको एनआइसियु टिम चिकित्सकहरु तथा नर्सिङ स्टाफहरुलाई हार्दिक धन्यवाद दिँदै उहाँहरु आइतबार अपरान्ह डिस्चार्ज हुनुभएको हो ।

शिशुको उपचारमा ॐ अस्पतालका बरिष्ठ वालरोग विशेषज्ञ (सिनियर कन्सल्ट्यान्ट पिडियाट्रिसियन) डा. उमा गुरुङ, नवजात शिशु विशेषज्ञ (कन्सल्ट्यान्ट नियोनेटोलोजिष्ट) डा. सुजित श्रेष्ठ, बाल मुटुरोग विशेषज्ञ (पिडियाट्रिक कार्डियोलोजिष्ट) डा.सुवास चन्द्र साह लगायतको टोलि संलग्न थियो ।

निजि क्षेत्रवाट संचालित अग्रणि स्वास्थ्य उपचार सेवा प्रदायकका रुपमा ख्याति कमाएको ॐ अस्पतालले यस अघि पनि थुप्रै जटिल किसिमका समस्याहरुको उपचार गरी सफलता हाँसिल गरिसकेको छ ।

खासगरी मातृशिशु स्वास्थ्य र नवजात शिशुको उपचारमा सेन्टरअफ एक्सिलेन्सको रुपमा समेत परिचय वनाएको ॐ अस्पताल निःसन्तानपनको उपचार केन्द्रका रुपमा पनि उत्तिकै चर्चित छ । स्मरणिय छ नेपालका प्रथम टेष्टट्युव बेबी ॐ मणि तामाङ पनि ॐ अस्पतालमा नै जन्मिएका थिए ।


ताजा खबर