ॐ अस्पतालमा आइतबार ४४३ जेष्ठ नागरिकले लगाए कोभिड बिरुद्धको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड १९ विरुद्धको खोप लगाएर शुरु गर्नुभएको दोस्रो चरणको खोप अभियानमा काठमाडौंको चावहिलस्थित ॐ अस्पताल खोप केन्द्रमा आइतबार जेष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

ॐ अस्पतालको खोप केन्द्रमा आइतबार सम्माननीय पूर्व उपराष्ट्रपति परमानन्द झा माननीय पूर्व परराष्ट्रमन्त्री डा.प्रकाश चन्द्र लोहनी ज्यू लगायतका बिशिष्ट व्यक्तित्वहरु लगायत ४४३ जनाले कोभिड १९ बिरुद्धको खोप लगाउनुभएको ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा.हरिश जोशीले जानकारी दिनुभएको छ ।

रजिष्ट्रेशन डेस्क देखी परामर्श डेस्क र खोप लगाउने कक्ष तथा अब्जरभेसन कक्ष अत्यन्त बैज्ञानिक ढंगबाट मिलाइएकाले पनि अत्यन्त कम समयमा धेरै भन्दा धेरै जेष्ठ नागरिकलाई सेवा दिन सकिएको डा.जोशीको भनाई थियो ।

आवश्यक पूर्वाधारसँगै परामशर्ष तथा चिकित्साकर्मीहरुको पर्याप्तताले खोप कार्यक्रम व्यवस्थित रुपमा संचालन भएको र ॐ अस्पतालमा ४ वटा बुथबाट एकसाथ खोप लिन सकिने ब्यवस्था मिलाइएकाले जेष्ट नागरिकहरुले धेरै समय प्रतिक्षा गर्नु नपरेकोले स्थानीयहरु खुशी भएको काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले बताउनुभयो ।

खोप लगाएपछि केही बेर शरीरमा एलर्जी वा अन्य कैफियत देखिन सक्ने भएकोले खोप लिएकाहरुलाई केहिवेर निगरानी कक्षमा राखिएको थियो । खोप लगाएकाहरुले सफल नेपालसँगको कुराकानीमा आफूलाई खोप लगाए पछिका कुनै साइडइफेक्ट नदेखिएको र सबैलाई ढुक्क भएर खोप लिएर कोभिड पराजितगर्ने यो बिश्वव्यापि अभियानमा सहभागि हुन आग्रह गरेका छन् ।

जेष्ठ नागरिकहरुलाई प्रथमिकतामा राखेर शुरु गरिएको कोभिड १९ बिरुद्ध दोश्रो चरणको राष्ट्रिय खोप अभियान अन्तर्गत देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने कार्यक्रम छ । 

नेपाल सरकार ले उपलब्ध गराएको निशुल्क खोप ६५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुले बिहान १० बजे देखि साँझ चार बजे सम्म आफुलाई अनुकल भएको समयमा आएर लगाउन सकिने व्यवस्था रहेको छ। कोरोना महामारी बिरुद्धको राष्ट्रिय अभियानमा उत्साहपुर्बक सहभागी हुन ॐ अस्पतालले अपिल समेत गरेको छ।

निजी क्षेत्रवाट संचालित स्वास्थ्य सेवा प्रदायकहरुमध्येको अग्रणि अस्पताल ॐ अस्पतालले ७० बर्ष माथिका सम्पूर्ण जेष्ठ नागरिकहरुको सम्मानमा उहाँहरुको उपचार शुल्कमा १० प्रतिशत छुट समेत प्रदान गर्दै आइरहेको छ । साथमा नेपाल सरकारसँगको सहकार्यमा क्यान्सरका बिरामीकहरुको विशेष सहुलियत र सरकारी सुविधा सहितको उपचारकक्षको ब्यवस्था गरेको छ । त्यसैगरी, मृगौलामा समस्या भएका बिरामीहरुकालागि निःशुल्क डायलाईसिस सेवा समेत प्रदान गर्दै आइरहेको छ ।


ताजा खबर