रसुवागढी नाका सुचारु : सामान आउने क्रम शुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आजदेखि संचालनमा आएको छ ।

चिनिया भन्सार कार्यालयले आजै ७ वटा मालबाहक गाडीमा सामान नेपाल पठाउने तयारी गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

ल्होसारका कारण गएको माघ २९ गतेदेखि बन्द रहेको नाका आजबाट पुनः संचालनमा आउन लागेको हो ।

सीमास्तरका दुबै देशका अधिकारीबीच यसअघि भएको बैठकमा सामान आयात बढाउने सहमति भए पनि कोटा प्रणाली नै कायम रहेको छ ।

गएको भदौ २४ मा दुई देशका सीमाका अधिकारी बीच सहमति भएको थियो । चीनले रसुवागढी नाका एकतर्फी रुपमा संचालन गर्दै आएको छ ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ तयारी पोसाक, विद्युतीय सामग्री लगायतका सामाग्रीहरु भित्रिने गरेको छ ।


ताजा खबर