विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

सरकारद्वारा गठित वार्ता टोली र नेकपा विप्लव समूहको वार्ता टोलीबीच आज बिहान पहिलो चरणको वार्ता सकिएको छ ।

सो कुराको जानकारी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले ट्वीटरमार्फत गराउनु भएको हो । उहाँले वार्ता सकारात्मक दिशा उन्मुख रहेकाे जानाउनुभएकाे छ ।

सरकारले हिजाे गृहमन्त्री रामबहादुर थापाकाे संयाेजकत्वमा वार्ता टाेली गठन गरेकाे थियाे । त्यस्तै नेकपा विप्लव समूहले पनि हिजै वार्ता टाेली गठन गरेकाे थियाे ।  –रासस


ताजा खबर