सहिद स्मारक लिगमा आज बाँसबारी र पुल्चोक भिड्दै

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमारी क्लबबीच खेल हुनेछ ।

ध्यपुर र श्री कुमारीबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

मध्यपुर श्री कुमारीविरुद्ध जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।

मध्यपुर ७ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

श्री कुमारी ७ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

लिग अन्तर्गत नै अर्को खेलमा बाँसबारी युवा क्लबले पुल्चोक स्पोर्ट्स क्लबसँग खेल्नेछ ।

बाँसबारी र पुल्चोकबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।

बाँसबारी पुल्चोकलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी घटाउन चाहन्छ ।

बाँसबारी ७ खेलमा १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

पुल्चोक पुछारमा रहेको छ । पुल्चोकले २ अंक जोडेको छ ।


ताजा खबर