ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको मेडिकल डाइरेक्टरमा बरिष्ठ डेन्टल सर्जन डा. हरिश जोशी नियुक्त हुनुभएको छ ।

ॐ अस्पतालमा आज आयोजित एक समारोहका बीच डा. जोशीले पदभार ग्रहण गर्नुभएको छ ।

ॐ अस्पताल संचालक समितिका अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठले उहाँलाई स्वागत गर्नुभएको थियो ।

स्वागत मन्तव्यका क्रममा अध्यक्ष डा. श्रेष्ठले डा. जोशी एक अत्यन्त दक्ष चिकित्सकका साथै कुशल व्यवस्थापक समेत रहनुभएको जिकिर गर्दै उहाँको नेतृत्वमा अस्पतालको चिकित्सा सेवा थप व्यवस्थित र सुदृढ हुने विश्वास ब्यक्त गर्नुभयो ।

समारोहमा आफ्नो संक्षिप्त मन्तव्य राख्ने क्रममा नवनियुक्त मेडिकल डाइरेक्टर डा हरिश जोशीले ॐ अस्पताल नेपालको निजि क्षेत्रवाट सञ्चालित अग्रणि सेवा प्रदायकको रुपमा उपचार सेवामा समय सापेक्ष सुधार गर्दै अघिबढ्ने उल्लेख गर्दै चिकित्सक नर्सिङ स्टाफ र कर्मचारीहरुसँगको सहकार्यमा स्तरिय स्वास्थ्य उपचार सेवा सुनिश्चित गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो।    

सो अवसरमा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्ननाथ कोइराला, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ तथा कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाईंले स्वागत मतव्य राख्नुभएको थियो।

ॐ अस्पतालको स्थापनाकालदेखीनै सेवारत डा. जोशीले यस अघि पनि लामो समयसम्म ॐ अस्पतालको मेडिकल डाइरेक्टरको रुपमा काम गरिसक्नुभएको छ।


ताजा खबर