कुमारी बैंकका आठ वटा शाखा बिस्तार

कुमारी बैंक लिमिटेडले एकसाथ आठ वटा शाखा बिस्तार गरेको छ ।

विस्तारित शाखा काठमाडौं उपत्यका र उपत्यका बाहिर छन्। सो बैंकले काठमाडौंको खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाँट, नयाँ पाटी, बाफल र मैतीदेवीमा गरी सात वटा शाखा खोलेको हो । उपत्यका बाहिर भने मोरङको बेलबारीमा शाखा बिस्तार गरेको छ । 

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको जनाएको छ । आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने बैंकको योजना छ । 

यसअघि कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले एक सय ८७ वटा शाखा, १५२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखाविहीन युनिटद्वारा सेवा दिइरहेको थियो ।

अब ८ वटा शाखा पश्चात् अब बैंकको कुल शाखा सञ्जाल १९५ पुगेको छ ।  नवीनतम डिजिटल प्रडक्टमार्फत आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आएकोमा आगामी दिनमा अझ सशक्त रूपमा डिजिटल प्लेटफमबाट आफ्ना पहुँच बढाउने बै‌ंकले जनाएको छ । 


ताजा खबर