प्रचण्ड-नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दैछ ।

प्रचण्ड–नेपाल समूहले काठमाण्डौंको प्रदर्शनी मार्गमा आज सभा गर्ने भएको हो ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । 

नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको थियो ।

यसअघि हिजो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि देशभर विरोध प्रदर्शन गरेको थियो ।

यसैक्रममा भक्तपुरमा आयोजित कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषय सर्बोच्चमा पुगेको भन्दै नेपाली कांग्रेसले अदालतको निर्णय मान्य हुने बताउनुभयो ।

सभापति देउवाले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न नहुने भन्दै सर्वोच्चको निर्णयपछि काँग्रेसले आवश्यक निर्णय लिने बताउनुभएको थियो ।


ताजा खबर