उखु किसान र सरकारका बीच सहमति : २१ दिन भित्र बक्यौता भुक्तानी

आन्दोलनरत उखु किसानका माग सम्बोधन गरी उनीहरुको विरोधका कार्यक्रम अन्त्य गर्न उखु किसान र सरकारका बीच सहमति भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि उखु किसानका समस्या समाधान गर्न ४ बुँदे सहमति भएको हो । सहमति अनुसार चिनी उद्योग २१ दिन भित्र उखु किसानका बक्यौता भुक्तानी दिनुपर्नेछ ।

यसैगरी तिकिएको समयमा भुक्तानी नगर्ने उद्योग सञ्चालकलाई कानूनी कारबाही अघि बढाउने र उखु किसान र निची उद्योगसँग सम्वन्धित समस्या समस्या समाधानको बारेमा अध्ययन गरी १२० दिन भित्र सुझाव पेश गर्न समित गठन गर्ने सहमति पनि भएको छ ।

सहमतिमा जिल्ला प्रसासन कार्यालय सर्लाहीले तौल काटाको बारेमा गरेको नर्णय तुरुन्त फिर्ता गर्न अनुरोध गर्ने सहमति पनि भएको छ । यो सहमतिसँगै उखु किसानको काठमाडौं केन्द्रित आन्दोलनका सबै कार्यक्रम स्थगपित गर्ने सहमति पनि भएको छ ।


ताजा खबर