आज थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि

 आज देशभर ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ हजार ५ सय ७८ वटा पीसीआर परीक्षण गर्दा ४ सय ७ पुरुष र २ सय ५२ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ ।आज थप ७ सय १८ जना सङ्क्रमणमुक्त भएका छन् ।

तथ्याङ्क अनुसार कुल संक्रमित मध्ये ९६ दशमलव ८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।यस्तै देशभर रहेका ६ हजार ४ सय  २७ सक्रिय संक्रमित मध्ये ३ हजार २२ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै गम्भीर लक्षण देखिएका २ सय ५४ जनाको आई.सी.यु र ४० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप ७ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १ हजार ८ सय ३२ पुगेको छ ।


ताजा खबर