राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस

 सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा भने गत पुस ५ गते नै विघटन भइसकेको छ ।


ताजा खबर