प्रचण्ड-नेपाल समूहसँग नेता गौतमको छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम शनिबार प्रचण्ड–नेपाल समूहका नेताहरुसँग छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान नेता गौतम छलफलका लागि पुग्नुभएको थियो । उपाध्यक्ष गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार उपाध्यक्ष गौतम बिहान खुमलटार पुग्नुभएको हो ।

करिब एक घण्टा नेताहरुसँग समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ । नेता गौतमको सचिवालयकाअ नुसार छलफलमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको सहभागिता थियो । बैठकमा उपाध्यक्ष गौतमले यसअघि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एक बनाई नेकपा बनाउनेमा आफ्नो भूमिका महत्वपूर्ण रहेको स्मरण गराउनुहुँदै फुटको सँघारमा पुगेका दुई समूहलाई पुनः एकीकृत गर्ने अभियानमा आफू अन्तिम समयसम्म लागिरहने अडान दोहो¥याउनुभएको बुझिएको छ ।

यसअघि नेता रामबहादुर थापा बादल पनि तटस्थ हुनुहुन्थ्यो । तर उहाँ नेकपा ओली समूहमा प्रवेश गर्नुभएपछि नेता गौतम अहिले एक्लै तटस्थ हुनुभएको छ । अन्तिम समयसम्म नेकपा एकताका लागि प्रयास गर्ने अभियानमा रहनुभएका उपाध्यक्ष गौतम पार्टी एक नभएमा अन्तिम समयमा उचित निर्णय लिनुहुने उहाँको सचिवालयको बुझाइ छ ।


ताजा खबर