प्रधानमन्त्रीले आज साँझ मन्त्रिपरिषद विस्तार गर्नुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद विस्तार गर्नुहुने भएको छ । सात जना मन्त्रीले गत पुस ५ गते राजीनामा दिएपछि रिक्त स्थानमा नयाँ मन्त्री ल्याउन लागिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद विस्तार गर्ने पुष्टि गर्नुभएको छ । साँझ ७ बजे राष्ट्रपति कार्यालयमा शपथपछि ८ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

प्रतिनिधिसभा विघटनसँगै सातजना मन्त्रिहरुले राजीनामा  दिए पछि रिक्त स्थानमा मन्त्रिहरुको नियुक्ति हुने भएको हो ।


ताजा खबर