नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूह केन्द्रीय कमिटीको बैठक बसेको छ ।

बबरमहलस्थित कार्की प्यालेसमा भइरहेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका वारेमा छलफल भइरहेको नेताहरुले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा यसअघि नै यो समूहले निर्क्यौल निकालिसकेको र अब कसरी अघि बढ्ने भन्ने विषयमा आज छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यो समूहले आफू आधिकारीक नेकपा भएको  भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराइसेको छ।

प्रतिनिधि सभा विघटनपछि नेकपा फुटको संघारमा पुगेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको नेकपाको केन्द्रीय समितिको बैठकले पार्टीमा केन्द्रीय सदस्यहरु थप्ने र आउँदो मंसिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।


ताजा खबर