आज थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप ६१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५५१० जनाको पीसीआर परीक्षणमा ६१३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ७३९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४७ हजार ४ सय जना छन् । नेपालमा निको हुने दर ९६ दशमलव ४ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १८०८ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा २४४ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना संक्रमित थपिए ।


ताजा खबर