आज ७४३ मा कोरोना पुष्टि : ५१५ सक्रिय संक्रमित

नेपालमा कोरोना भाइरसका ७४३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५९ आरटी पीसीआर परीक्षण गर्दा ७४३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हाे ।

हालसम्म १८ लाख ९० हजार ७४० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सात हजार ५१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९५२ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४६ हजार ६६१ जना निको भइसकेका छन् । अहिलेसम्म नेपालमा ९६. ३६ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार ८०३ जनाको मृत्यु दर्ता गरिएको छ । मन्त्रालयले हाल सात हजार ५१५ जनामा आइसोलेशनमा रहेको र ४०९ जना क्वारेन्टिनमा रहेको उल्लेख गरेको छ ।


ताजा खबर