बी डिभिजन लिग फागुन ११ गतेबाट पुनः सुरू हुने

अखिल नेपाल फुटबल संघ एन्फाले कोरोनाका कारण रोकिएको सहिद स्मारक बी डिभिजन लिग फागुन ११ गतेबाट सुरु हुने भएको छ ।

कोरोनाका कारण विचमा नै रोकिएको लिगलाई एन्फाको लिग कमिटीले फेरी लिग सुरू गर्ने सुझाव अनुसार एन्फाले आगामी फागुन ११ गतेबाट सुरु गर्ने भएको हो । कोरोनाका कारण बी डिभिजन लिग नौ महिना अगाडी स्थगित भएको थियो ।

कोरोनाको असर कम भएको भन्दै एन्फाले बी डिभिजनका क्लवसँगको छलफल लिग सुचारु गर्ने निर्णय गरेको हो । लिगका बेला स्वास्थ्यको विशेष सावधानी अपनाइने भएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरीङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरले फेरी लिग सुरु गर्दा अपनाउने सावधानीका बारेमा क्लवका पदाधिकारीलाई जवाफमा दिएका थिए ।

लिगका बेला फिफा र एएफसीको गाइडलाइन अनुसार स्वास्थ्य सावधानी अपनाइने भएको छ । जसमा खेलाडीको कोरोना परिक्षण, खेलका बेला खेलाडी विच सेलिब्रेसन गर्दाको क्षण लगायतका नियमहरु बनाइनेछ । यसका साथै लिगकै बेला खेलाडीलाई कोरोना देखिएमा त्यसको मापदण्डपनि एन्फाले तयार पारेको छ ।


ताजा खबर