रुसी राष्ट्रपति पुटिन नयाँ वर्ष २०२१ मा भारत आउने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नयाँ वर्ष २०२१ को पहिलो छ महिनाभित्रमा भारत आउने सम्भावना रहेको छ ।

यही बर्ष सन् २०२० को अन्त्य तिर उहाँ भारत आउने तालिका भए पनि अहिले स्थगित भएकाले अर्को वर्ष आउने सम्भावना रहेको हो ।

पुटिनको अहिलेको भ्रमण स्थगित भएर अर्को वर्षको तालिकामा परेको भारतका लागि रुसका राजदूत निकोलाय कुडाशेभले सोमबार पुष्टि गर्नुभएको छ ।

“कोरोना महामारीका कारण अहिलेको भ्रमण व्यवस्थापन गर्न गाह्रो हुने भएकाले अहिलेलाई स्थगित गरिएको हो । अर्को वर्ष अवस्था सामान्य भयो र व्यवस्थाप नगर्न सकिने भयो भने उहाँले अर्को वर्ष भ्रमण गर्नुहुने छ,” उहाँले भन्नुभयो ।

राष्ट्रपतिको भ्रमण नभएपछि भारत र रुसका बीचमा विभिन्न चर णमा छलफल तथा वार्ताहरू भने भइरहेको उहाँले बताउनुभयो ।

आगामी भ्रमणको तालिका पनि दुवै पक्षको सहमतिमा तय गरिने राजदूत कुडाशेभले जानकारी दिनुभयो । –रासस/एएनआई


ताजा खबर