अन्तर्राष्ट्रिय अनलाइन कराँतेमा नेपाललाई ४ स्वर्ण

नेपालको मानसिंह डोजोले १३ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराँते अनलाइन कराँते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । 

मानसिंहका लागि महिला यु–९ मा अनु मोक्तान र पुरुष यु–१२ मा युनिक राना मगरले स्वर्ण जिते । त्यस्तै १४–१५ वर्ष पुरुषमा अनिश मण्डल तथा महिलामा सविता तामाङले पहिलो स्थान हात पारेको मानसिंहका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय जज महेश महर्जनले जनाएका छन् । महिला यु–१३ मा सविना तामाङले रजत जितिन् । मानसिंहका पाँचै खेलाडीले कुमुतेमा पदक जितेका हुन् ।

नेपालबाट प्रतिस्पर्धा गरेका अन्य खेलाडी आर्यन रन्जितले पुरुष यु–१० कुमुते मा स्वर्ण जिते । सिनियर कातामा जमनसिंह गुरुङ पहिलो भए । एसकेडियुएनका रामनारायण श्रेष्ठले कांस्य, रोइता सिंहले रजत र उषा शर्माले कांस्य हासिल गरे । तीनैले एकल कातामा प्रतिस्पर्धा गरेका थिए । –रासस


ताजा खबर