प्रतिनिधिसभा विघटनको रहस्य खुल्यो

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूले आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

संसद् सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीबिरुद्धको अविश्वासको प्रस्तावमा संसद् सचिवालयमा दर्ता नम्बर १ रहेको छ ।संविधानको धारा १०० को उपधारा ४ बमोजिम सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेको बताइएको छ  ।

उक्त उपधारामा संसद्का एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ ।सांसदहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रपति समक्ष संसद् विघटनको सिफारिस गरेको बुझिएको छ ।


ताजा खबर