नेकपा स्थायी कमिटी बैठक आज बस्ने

नेकपा स्थायी कमिटी बैठक आज बस्ने कार्यक्रम छ । गत पुस १ गते बसेको बैठकले आजका लागि बैठक बस्ने निधो गरेको हो ।

यसैबीच नेकपाभित्र देखिएको विवाद सहमतिमा समाधान गर्न सत्तारुढ दलका शीर्ष नेताहरुक बीचको भेटभाट बाक्लिएको छ । यसैक्रममा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा दुई अध्यक्षवीच उत्पन्न राजनितिक विवाद र त्यसको समाधान निकाल्ने विषयमा छलफल भएको छ । दुईअध्यक्षबीचको छलफलमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुभएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

दुई अध्यक्ष बीचको छलफलपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा लगायत केहीमन्त्रीहरुसँग पनि भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली र मन्त्रीहरु वीच मन्त्री निवास पुल्चोकमा भेटवार्ता भएको हो ।


ताजा खबर