आज थप ७१० जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरसबाट आज थप ७ सय १० जना संक्रमित भएका छन् ।

आज ४ हजार ७ सय ८० वटा नमूनाको पिसिआर परीक्षण गर्दा ४ सय ४ जना पुरूष तथा ३ सय ६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ ।

यसैगरी आज थप १ हजार १ सय ७५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् भने संक्रमण मुक्त हुने दर ९५ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

देश भरमा गरी आज ८ हजार ८ सय ४० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यस्तै कोरोना भाइरसका कारण आज थप १२ जनाको मृत्यु भएपछि हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या १ हजार ७ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर