रोबर्ट लेवान्डोस्की फिफा वर्ष खेलाडी घोषित

रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटबलको सर्बोच्च निकाय फिफाले प्रदान गर्ने अवार्ड जर्मन क्लव बाायर्न म्युनिखका स्टार स्ट्राईकर लेवान्डोस्कीले प्राप्त गरेका हुन् ।

चर्चित लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले वर्षको उत्कृष्ट पुरुष फुटबलरको अवार्ड प्राप्त गरेका हुन् ।

पोल्याण्डका ३२ बर्षीय लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल गरेका छन् । उनले बुन्डेसलिगामा बायर्नलाई जित दिलाउन दुई गोल गरेका थिए । बुन्डेसलिगामा २ सय ५० गोलको कोशेढुङ्गा पार गरेका छन् ।

यसैगरी महिला तर्फको उत्कृष्ट बर्षखेलाडी पुरस्कार म्यानचेष्टर सिटीकी डीफेन्डर लुसी ब्रोन्चले जितेकी छिन् । २९ बर्षीय ब्रोन्च फिफाको उत्कृष्ठ बर्ष खेलाडीबाट पुरस्कृत हुने पहिलो बेलायती खेलाडी हुन् ।- बीबीसी


ताजा खबर