आप्रवासन दिवसको अवसरमा दिप प्रज्वलन

विश्वभर छरिएर रहेका सम्पूर्ण आप्रवासी कामदारहरुके बैदेशिक रोजगार सुरक्षित मर्यादित र उपलब्धिमुलक बनोस् भन्ने कामना सहित दिप प्रज्वलन गरिएको छ ।

रिलिफ नेपालको आयोजना तथा सम्बन्धित पालिकाहरुको समन्वयमा सिन्धुलीका कमलामाई र दुधौली नगरपालिका अनि तीनपाटन र हरिहरपुरगढि गाउँपालिकामा दिप प्रज्वलन गरिएको हो ।

बैदेशिक रोजगारिमा जानेहरुले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानको कदर आप्रवासी कामदारहरुको समस्याहरुको सुनुवाई केन्द्रदेखि स्थानिय स्थरसम्मका संयन्त्रहरुको क्षमता विकास तथा बाध्यात्मक बैदेशिक रोजगारको अन्त्यका लागि एक्यवद्धता र प्रयास स्वरुप संकेतिक रुपमा दिपप्रज्वलन गरिएको रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेलले बताएका छन् ।

कमलामाई नगरपालिका स्थित जुनारचोकमा गरिएको दिपप्रज्वलन कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद लेखनाथ दाहाल राजन र कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रिले बैदेशिक रोजगारिलाई सुरक्षित र सुव्यवस्थित बनाउने कार्यमा सरकार लागि परेको बताएका छन् । स्थानिय स्तरमै रोजगारिको प्रवर्द्धन गरि बैदेशिक रोजगारिमा जानुपर्ने बाध्यात्मक अवस्थालाई न्युनिकरण गर्दैलानु पर्ने समेत बताईएको छ ।

दिप प्रज्वलनका अवसरमा जिल्लाका विभिन्न कार्यालयहरुका प्रमुख एवम् प्रतिनिधिहरु पत्रकार उद्योगि व्यवसायी लगायत रिलिफ नेपालका पदाधिकारि एवं कर्मचारिहरुको उपस्थिति रहेको थियो ।


ताजा खबर