देभ वाटमोर राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका देभ वाटमोर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले आज विक्षप्ती जारी गर्दै वाटमोरलाई एक वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । प्रशिक्षकका लागि पूर्व प्रशिक्षक पुवुदु दशानायके र वाटमोर सहित १२ जना अन्तिम प्रतिस्पर्धामा थिए ।

विभिन्न प्रक्रियाद्धारा क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । वाटमोरको मासिक तलब १० हजार अमेरिकी डलर हुने क्यानले जनाएको छ ।

श्रीलंकाले १९९६ मा विश्वकप जित्दा वाटमोर प्रशिक्षकको भूमिकामा थिए । वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय, ए लिस्टका २६, फस्ट क्लासका १ सय ८ म्याच खेलेका छन् ।

यस्तै क्यानको महाप्रवन्धकमा रौनक मल्ल र नेपालका पूर्व कप्तान एवं प्रशिक्षक विनोद दास राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापकमा नियुक्त भएका छन् । तीनै जनाको नियुक्ति २०२१ जनवरी बाट लागू हुने क्यानले जनाएको छ । –रासस


ताजा खबर