महिला फुटबल लिगका लागि एन्फाको विशेष तयारी

नेपाली महिला क्लब फुटबलमा विभागिय टिमको बर्चश्व छ । छोटो समय लिग हुने र विजेतापनि सहजै अनुमान गर्न सकिने गरेकोमा अब अखिल नेपाल फुटबल संघले नयाँ योजनाका साथ महिला लिग गर्ने भएको छ ।

महिला लिगलाई पनि लामो समय खेलाउने र प्रतिस्पर्धात्मक गराउका लागि नयाँ योजना बनाएको छ । एन्फाले महिला फुटबल लिगलाई थप व्यवसायिक बनाउन पहिलो पटक क्लबमा विदेशी खेलाडी अनुबन्ध गर्ने प्रावधान बनाएको छ यसका साथै लिगको समयपनि आधा बर्षसम्म बनाउने र पुरस्कार राशी बढाएको छ ।

यसअघि तीन सातामा लिग सकिने गरेकोमा अब भने करिव ६ महिनासम्म महिला लिगलाई खेलाउने योजना एन्फाले बनाएको छ । २०६९ सालबाट सुरु भएको महिला लिगको पहिलो सिजन राउण्डरोबिनमा भएतापनि बाँकी सिजन नकआउट फम्याटका आधारमा हुँदै आएका थिए ।
तर अब यो प्रतियोगिताको फरम्याट परिवर्तन हुने भएको छ ।

यसपटक एन्फाले डबल लिगका आधारमा प्रतियोगिता गर्ने भएको छ । यसअघि महिला लिगमा त्रिभुवन आर्मी, नेपाल पुलिस तथा शसस्त्र प्रहरी बलको एपीएफ क्लव गरेर तीन टिमको बर्चश्व रहेको थियो । विकाश क्षेत्रका टिमविरुद्ध विभागिए टिमले गोलको बर्षा नै गर्थे । अन्य क्लब भने सहभागितामा नै सिमित छन् ।

तर अखिल नेपाल फुटबल संघ एन्फाले यसपटक थप व्यवसायिक बनाउने योजना सहित विभागिय बाहेकका तीन टिममा चार बिदेशी खेलाडी अनुबन्ध गर्ने प्रावधान ल्याएको छ । जस अनुसार माघ ७ बाट हुने लिगमा सहभागि हुने विराटनगर महानगरपालिका, चन्द्रपुर, वालिङ, चौदण्डीले प्रतियोगिताका बेला चार दक्षिण एसियाली मुलुकका खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् । यसले लिगमा रोचकता तथा प्रतिस्पर्धा दुवै बढाउनेछ ।

एन्फाले भर्खरै महिला र पुरुष खेलाडीको तलबमा समानता ल्याएको छ । महिला लिग विजेताले मात्र पाँच लाख जित्दा पुरुषको ५० लाख रुपैयाँ पुरस्कार रहेको छ छ । यसपटक महिला लिगको पुरस्कार राशी बढाइनेछ । यो पटक महिला लिगको विजेताले १५ लाख पाउनेछन । जसका कारण महिला लिगको च्याम्पियनले पनि राम्रो रहम पाउने भएको छ । एन्फा महिला समितीकी प्रमुख पेमा लामा श्रेष्ठले अब महिला लिगलाई पनि ब्यवसायीक बनाउनका लागि लगानी र पुरस्कार रकम पनि बढाउने बताइन ।

दशरथ रंगशाला तथा सातदोबाटो, एन्फा कम्पलेक्सको मैदानमा खेलाइने लिग डबल राउण्ड रोविन फर्म्याटका आधारमा हुनेछ । प्रतियोगिता आयोजनाका लागि झण्डै एक करोड ८० लाख बजेटको अनुमान गरिएको छ । –रासस


ताजा खबर