विवाहपञ्चमी महोत्सव अन्तर्गत आज धनुषयज्ञ पर्व

जनकपुरधाममा जारी रहेको सप्ताहव्यापी विवाहपञ्चमी अन्तर्गत आज धनुषयज्ञ पर्व मनाइँदै छ ।

त्रेता यूगमा आजको दिन तत्कालिन मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञा अनुसार भएको धनुष यज्ञ भएको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिदै आएको छ ।

धनुष यज्ञमा गुरु विश्वामित्रको साथमा अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान राम, लक्ष्मण, भरत तथा शत्रोधन सहित सहभागि भएर भगवान रामले शिपको पिनाक धनुषमा प्रत्यञ्चा चढाउदा तीन टुकडा भएर माता सीतासंग विवाह कार्य अगाडी बढेका थिए ।

जानकी मन्दिरको परिसरमा नै आज धनुष यज्ञ गर्ने कार्यक्रम रहेको मंन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिनु भयो । विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन मंगलबार फुलबारी लिला सम्पन्न भइसकेको छ ।

चौथो दिन भोलि पुस २ गते तिल्कोत्सव, ३ गते शुक्रबार मटकोर रहेको छ भने पुस ४ गते विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको जानकी मंन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवले जानकारी दिनु भयो । पुस ५ गते आइतबार रामकलेवा गरी सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्लपक्ष पञ्चमी तिथिका दिन जनकपुरमा भव्य रुपमा सप्ताहव्यापी महोत्सवको आयोजना गरेर विवाहपञ्चमी महोत्सव मनाउने चलन रहेको छ ।

यस वर्ष कोरोना महामारीको अवस्था रहेका कारणले सामान्य रुपमा मनाउने काम भएको र सोही अनुसारको तयारी जानकी मंन्दिरले गरेको मंन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनु भएको छ । यस वर्ष सरसजावटको काम सामान्य रुपमा गरिएको छ ।


ताजा खबर