नेकपा स्थायी समितिले संवैधानिक परिषद् अध्यादेश र संसद बैठकको आवेदन फिर्ता लिने

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको आज बसेको बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने र संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने निर्णय गरेको छ ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समितिको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बसेको संवैधानिक परिषदको बैठकमा संवैधानिक निकायमा नियुक्तिसम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराउनुभएको सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले अब स्थायी समितिको अर्को बैठक पुस ५ गते बस्ने बताउनुभयो । यसअघि पुस ५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक पुस १० गते बस्ने भएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

भिडियो सौजन्यः नेपाल टेलिभिजन

ताजा खबर