ॐ हस्पिटलको प्रमुख कार्यकारी अधिकृतमा महत

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीले यम वहादुर महतलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

आज एक औपचारिक समारोहका वीच अस्पतालले महतको नियुक्ति घोषणा गरेको हो ।

अस्पतालको २०७७ साल मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी ३ वर्षको कार्यकालका लागि नियुक्त गरिएको अस्पतालले जनाएको छ ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा समेत परिचित महतले अंग्रेजी साहित्यमा एमफिल, मार्केटिङमा एमबिए तथा डेभलोपमेन्ट स्टडिजमा स्नातकोत्तर गर्नुभएको छ ।

एएनजेड ग्रिनलेज बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंङ्क, होटल एभरेष्ट सेराटन, तिलगंगा आँखा अस्पताल लगायतका संस्था सहित व्यवस्थापन क्षेत्रमा २८ वर्ष भन्दा बढीको अनुभव संगाल्नुभएका महतले आजैवाट कार्यभार सम्हाल्नु भएको अस्पतालले जानकारी दिएको छ ।

प्रवन्ध संचालक (एमडि) नेतृत्वको मोडलबाट ॐ अस्पताल पहिलोपटक प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोडलमा ब्यवस्थापन गर्ने निर्णयसँगै महत पहिलो सिइओ नियुक्त हुनुभएको हो ।


ताजा खबर