आज थप ९,३६ मा कोरोना पुष्टि : १,९,९६ संक्रमण मुक्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप १ हजार ९ सय ९६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्  । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।

आज थप ९ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ५० हजार १ सय ८० पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १ हजार ७ सय ३० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।


ताजा खबर