प्रज्ञा प्रतिष्ठानको ३५ औं प्राज्ञ सभा सुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पछिल्लो समयमा नेपाली सांस्कृतिमाथि अतिक्रमण बढ्दै गएकाले यसलाई रोक्न सम्पूर्ण संस्कृतिकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३५ औं प्राज्ञ सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री भट्टराईले प्राज्ञहरुलाई देशको कला, साहित्य, इतिहास र संस्कृतिको संरक्षण गर्न आग्रह गर्नुभयो ।

नेपालको विविध भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल विश्वका ठूला मुलुकहरुको भन्दा कम नभएको भन्नुहुँदै मन्त्री भट्टराईले पूर्वीय संस्कृतिभित्रको विविधता जोगाउन विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई अनुरोध पनि गर्नुभयो ।

प्राज्ञ सभामा हाल प्रतिष्ठानले गरिरहेका कार्यक्रमहरुको समीक्षा र भावी कार्यक्रमिक योजनाबारे छलफल हुने प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिष्ठानले आफ्नो ६३ औं वार्षिकोत्सवको अवसरमा हिजो राष्ट्रिय कविता महोत्सवको आयोजना गरेको थियो । –रासस


ताजा खबर