आज थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप ८२१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५४२३ जनाको पीसीआर परीक्षणमा ८२१ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ८४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३६ हजार ५ सय ७३ जना छन् । नेपालमा निको हुने दर ९४ दशमलव ९ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १७१६ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३३३ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २४६, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना संक्रमित थपिए ।


ताजा खबर