नेकपा स्थायी समिति बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्ने जनाइएको छ ।

गत आइतबार बसेको स्थायी कमिटी बैठक एक सातापछि आज पुन: बस्न लागेको हो ।

पार्टीमा देखा परेको आन्तरिक समस्या समाधानका लागि दुई अध्यक्षबीच अझै सहमति बन्न सकेको छैन।

सचिवालय बैठकमा दुवै अध्यक्षद्वारा प्रस्तुत फरक फरक प्रतिवेदनलाई टुंगो लगाउन बाँकी छ ।

नेकपा स्थायी कमिटीमा ४५ जना सदस्य छन ।


ताजा खबर