कोरोना संक्रमितको संख्या ७ करोड १३ लाख नाघ्यो

विश्वमा कोरोना भाइसबाट संक्रमित हुनेको संख्या ७ करोड १३ लाख नाघेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि १६ लाख पुगिसकेको छ । कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा पछिल्लो समय संक्रमण र मृत्युदर दुवैमा वृद्धि भएको छ ।

पछिल्लो २४ घन्टामा मात्रै २ लाख संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या पनि २ हजार ६ सय पुगेको छ । यस अघि अमेरिकामा एकै दिनमा मृत्यु हुनेको संख्या ३ हजार नाघिसकेको थियो । युरोप र अमेरिकामा संक्रमणको दर निकै उच्च रहेको छ ।

कोरोना विरुद्धको खोप आम सर्वसाधारणलाई लगाइसकेको दावी गरेको रुसमा पनि पछिल्लो समय मृत्युदर उच्च रहेको छ । युरोपेली मुलुक जर्मनीमा संक्रमण र मृत्यु दरमा अनियन्त्रित रुपमा बढ्न थालेपछि दोस्रोपटक लकडाउनको घोषणा गरेको छ ।

जर्मनीमा एकै दिनमा ५ सय ८५ जनाको मृत्यु भएको छ भने झण्डै ३० हजार संक्रमित भएका छन् ।


ताजा खबर