टोकियोमा एकैदिन छ सयभन्दा बढी कोरोना संक्रमित

जापानको राजधानी टोकियोमा बिहीबार पहिलो पटक एकैदिन कोरोना भाइरसबाट छ सयभन्दा बढी संक्रमित भएका छन् ।

दैनिक संक्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले सबैलाई आग्रह गरेका छन् । टोकियोमा मात्रै ६०२ जना सङ्क्रमित भएको दिन देशभरी भने दुई हजार ८१० जना संक्रमित भएका छन् ।

जापानमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखि अहिलेसम्म कुल एक लाख ६८ हजार ५७३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने दुई हजार ४६५ को मृत्यु भएको छ ।


ताजा खबर