प्रधानमन्त्रीद्वारा राष्ट्रसंघको विशेष सभालाई सम्बोधन

 प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारीमा जीवन रक्षाका लागि उत्पादन गरिने खोपहरु नाफाको माध्यम हुन नसक्ने बताउनुभएको छ ।

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत उल्लेख गर्नुभयो । कोभिड-१९ लाई केन्द्रित गरेर राष्ट्रसंघले गरेको विशेष महासभामा भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको विश्वब्याापी संकटमा विश्व सबै एक हुनुपर्ने पनि बताउनुभयो ।


ताजा खबर