सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन‍् । सन्दिपले आफू कोरोनाबाट मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहनुभएका लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए । पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै सन्दिप सेल्फ आइसोलेशनमा बसेका थिए । आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

केही दिनको आरामपछि सन्दिप बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने कार्यक्रम छ । अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ । उनी तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा छन‍् । यसपटक सन्दिपले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दैछन् । –रासस


ताजा खबर