पीडा लुकाएर अरुलाई खुशी बनाउने गायक

‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’, ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’ जस्ता सयौ कालजयी गीत सङ्गीत प्रेमी माझ दिने स्व सम्राट नारायणगोपाल ।

आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका स्वरसम्राटको उपाधि पाउनुभएका नारायणगोपालको ३० औं स्मृति दिवस कोरोना महामारLका कारण सम्झनामा सिमित भएको छ ।
वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मङंसिर १९ गतेका दिन निधन भएको थियो ।

सङ्गीतकार रामकृष्ण दुवाल नारायणगोपाललाई सम्झदै भन्नुहुन्छ, उहाँ नेपाली सुगम संगीतले अन्तराष्ट्रि«य क्षेत्रमै केही गरोस् भनेर बारम्बार नेपाली सुगम संगीतबारे चिन्ता लिइरहनुहुन्थ्यो । हाम्रो सुगम संगीत पनि अन्तर्रा्ष्ट्रिय स्तरमा पुग्नुपर्छ भन्नुहुन्थ्यो ।

दाईचा भनेर नेपाल भाषामा उहाँलाई बोलाउने सम्झदै दुवालले नेपाल भाषाको गीतमा पनि मलाई मदत गर्नुभएको बताउनुभयो ।

नेपाली सुगम संगीत हाम्रैपनको हुनुपर्छ भन्ने कुरा मलाई जहिल्यै सम्झना आउँछ उहाँले भन्नुभयो । दाफा भजन सुनाउदा निकै खुसीका साथ सुन्नुहुन्थ्यो दुवाल थप्नुहुन्छ, हाम्रो सांस्कृतिलाई गीत मार्फत प्रस्तुत गर्नुपर्ने सधै भन्नुहुने मलाई सम्झना आउछ ।

यता सङ्गीत शम्भुजित बाँस्कोटाले नारायणगोपालले पीडा लुकाएर गीत संगीतमा रमाउने बानी विशेष लाग्ने बताउनुभयो ।

स्वास्थ्य अवस्था खराब भए पनि गाउनुभएको गीत निकै सफल भयो बास्कोटाले भन्नुभयो, चलचित्रको व्यापारमा पनि यो गीतले त्यत्तिकै सहयोग पु¥याएको थियो । यसरी आफ्नो पीडा लुकाएर गीत गाउने र अरूलाई खुसी बनाउने उहाँको विशेषता थियो । चलचित्र मायामा गीत गाएपछि उहाँले चलचित्र दक्षिणामा एउटा गीत गाउनुभयो ।

उहाँसँग लामो संगत भएर होला भाइले पनि संगीत गर्नुपर्छ भन्नुहुन्थ्यो । सोही क्रममा उहाँको एउटा गीतमा संगीत गर्ने अवसर जु¥यो । त्यो गीत तिमीले भनेका सार देव छोएर…‘ थियो ।

यो गीतको सफलतासँगै हामीले अर्को गीतमा सहकार्य ग¥यो । उहाँसँग मैले दोस्रो सुगम गीत पर्खी बसें आउँछौ भनी…‘मा संगीत गरेको थियो ।

सुगम संगीतमा आउन चाहने प्रतिभाले यो क्षेत्रमा केही गरुन् भनेर उहाँले प्रोत्साहन गर्नुहुन्थ्यो । मेरो सांगीतिक यात्रामा नारायण गोपाल दाइको पनि त्यत्तिकै प्रोत्साहन रहेको छ ।
यसरी बाल्यकालदेखि उहाँको संगतमा रहने क्रममा नारायणगोपाल दाइको अन्तिम घडीसम्म पनि म साथमै रहें ।

विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिनुभयो ।

उहाँले आफ्नो गायन यात्रामा एक सय ३६ भन्दा धेरै गीत गाउनुभएको छ । नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिनुभएको छ ।


ताजा खबर