सहिद स्मारक ए डिभिजन लिग यो वर्ष नहुने

अखिल नेपाल फुटबल संघ एन्फाले गर्दै आएको सहिद स्मारक ए डिभिजन लिग यो वर्ष नहुने भएको छ । 

एन्फाले कोरोना भाइरसका कारण अस्तब्यस्त बनेको घरेलु फुटबल प्रतियोगितालाई ब्यवस्थित गर्न योजना बनाएपनि यो वर्ष ए डिभिजन लिग गर्न नसक्ने बताएको छ ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण रोकिएका घरेलु प्रतियोगितालाई त्यहिबाट फेरी सुरु गर्न एन्फा तयार रहेको जानकारी दिनुभयो । तर ए डिभिजन लिग गर्नका लागि यो वर्ष एन्फा असफल हुने बताउनुभयो ।

चैत्र ११ गतेबाट कोरोनाका कारण लकडाउन हुँदा बी डिभिजन लिग विचमा नै रोकिएको थियो भने सी डिभिजन लिगको छनोट चरणपनि विथोलिएको थियो । अब एन्फाले यी प्रतियोगितालाई सुचारु गर्ने भएको छ । 

तर शिर्ष डिभिजनका लिग गर्नका लागि उपयुक्त समय नभएकोले एन्फाले राष्ट्रिय टिमलाई प्रशिक्षणमा फर्काएर दुई वटा मैत्रीपुर्ण खेल बंगलादेशसँग खेलेको छ । तर घरेलु प्रतियोगिताका लागि अझै उपयुक्त योजना बन्न सकेको छैन ।

अहिले एन्फालाई ए डिभिजन लिग गर्नका लागि बी डिभिजन लिग सक्नुपर्ने हुन्छ । त्यसैले पनि यो वर्षको ए डिभिजन लिग नहुने पक्का भएको छ । 

करिव चार वर्ष ए डिभिजन लिग नहुँदा दुई वर्ष अगाडीमात्र एन्फाले फेरी लिगलाई सुरु गरेको थियो । जसमा दुई वर्ष अगाडी रेलिगेसन विनाको लिग गरेको थियो । जसका कारण एन्फा निकै आलोचित बनेको थियो । 

तर, गत वर्ष एन्फाले एक टिमलाई रेलिगेट गरेर लिग सकेको थियो । जसमा मच्छिन्द्र क्लव विजयी भएको थियो । सो लिगमा सरस्वती क्लव रेलिगेट भएको थियो । तर बी डिभिजन लिग विचमा नै रोकिदाँ बढुवा हुने टिमको टुंगो लाग्न सकेन ।

अब एन्फाले २०७८ सालको भदौमा मात्र नयाँ सिजनको लिग गर्ने योजना बनाएको छ । त्यसका लागि एन्फाले छलफल अगाडी बढाएको छ । 

तर, एन्फाले यो वर्ष राष्ट्रिय लिग भने गर्ने योजना बनाएको छ । यसका साथै काठमाडौं बाहिरका प्रतियोगिताहरुलाई सुरु गर्ने योजना बनाएको छ


ताजा खबर