नेपालमा आज सम्म २,३३,४५२ मा कोरोना पुष्टि

कोरोना संक्रमणबाट आज देशभर २ हजार ७३ जना निको भएका छन् । 

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

तथ्याङ्क अनुसार हालसम्म कोरोना संक्रमणबाट निको हुनेको दर ९२ दशमलव ३ प्रतिशत रहेको छ ।

यस्तै आज थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ५ सय ८३ ओटा पिसिआर परिक्षण गर्दा ८ सय ३ पूरुष र ५ सय १ महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

काठमाडौ उपत्यकामा २ सय ९० जना पुरुष र २ सय ४० जना महिला गरी ५ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । 

यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमण हुनेको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । 

आज देशभर कोरोना भाईरसका संक्रिय संक्रमित १६ हजार ६ सय ३३ जना रहेका छन् । जसमध्ये १० हजार ९ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी ५ हजार ६ सय ३५ जना विभिन्न संस्थागत आईसोलेसनमा रहेका छन् । 

यस्तै गम्भीर लक्षण देखिएका ३ सय ७० जना आइ.सी.यू र ६३ जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमणका कारण आज थप २१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको कूल संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर