सन्दीप लामिछाने कोरोनाका कारण अस्पताल भर्ना

नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण उनी राजधानीको ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

२ दिन अघि कोरोना संक्रमित भएका उनलाई स्वासप्रश्वासमा समस्या भएपछि आज विहानै अस्पताल भर्ना भएका हुन् ।

मंगलाबार नेपाली राष्ट्रिय टिमका खेलाडीहरुको बन्द प्रशिक्षणमा सहभागी हुनेहरुको पीसीआर परीक्षणमा सन्दीप अनुपस्थित थिए ।

त्यतिबेला चितवनमा रहेका सन्दीप नेपाली टिमको बन्द प्रशिक्षणमा सहभागी हुन गरिएको पीसीआरमा उनको नतिजा पोजेटिभ आएको थियो । त्यसपछि घरमै आईशोलेशनमा बसेका सन्दीप गाह्रो भएपछि ह्याम्स अस्पताल भर्ना भएका हुन् । –रासस


ताजा खबर