‘ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन अस्वीकार्य’

सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको प्रतिवेदन तथ्यहीन र राजनैतिक पूर्वाग्रहबाट प्ररित रहेको हुनाले स्वीकार गर्न नसकिने जनाएको छ ।

मन्त्रिपरिषद्को यही मंसिर ०७ र १० गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले ट्रान्सपरेन्सीको प्रतिवेदन सरकार र सत्ताधारी दललाई बदनाम गराउने उद्देश्यबाट प्ररित रहेको बताउनुभयो ।

ट्रान्सपरेन्सीले प्रतिवेदन तयार पार्दा अपनाएको विधि, प्रक्रिया र सन्दर्भ सामग्री नै विश्वसनीय नरहेको मन्त्री गुरूङले बताउनुभयो ।

मन्त्री गुरूङले नेपालमा स्थायी सरकार बनेदेखि नै सरकारका विरूद्धमा मिसनका रुपमा विभिन्न प्रतिवेदन तथा प्रचार सामग्रीहरू तयार पारी मुलुुकको संवैधानिक प्रणाली, लोकतन्त्र र कानूनी शासन विरूद्ध जनता भड्काउने प्रयास भईरहेको बताउनुहुँदै त्यस्ता गतिविधिप्रति सचेत रहन सबैसँग आग्रह समेत गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङद्वारा आज जारी विज्ञप्ति 

https://fb.watch/23F2gmxCfV/

ताजा खबर