वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको निधन

वरिष्ठ शल्य चिकित्सक डा.धुर्व शर्मा मुडभरीको कोभिड-१९ सङ्क्रमणबाट निधन भएको छ ।

पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहनुभएका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ उपचारका क्रममा हिजो उहाँको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिनुभयो । राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्याउनुभएका डा मुडभरी ॐ अस्पतालका संस्थापक तथा पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो ।

उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

स्व मुडभरीको हिजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।


ताजा खबर