काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

कोरोना भाइरस संक्रमणबाट शुक्रबार थप ५ हजार ३ सय ६४ जना निको भएका छन् । 

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ९१ हजार २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ८८ प्रतिशत रहेको छ । 

यसैगरी शुक्रबार थप १ हजार ९ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

शुक्रबार १० हजार ३ सय ४० वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा १ हजार २ सय ५ जना पुरुष तथा ७ सय ४० जना महिलामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयले जनाएको छ । 

शुक्रबार काठमाडौ उपत्यकामा मात्रै ६ सय २३ जना पुरूष र ४ सय ८४ जना महिला गरी जम्मा १ हजार १ सय ७ जना संक्रमित थपिएका छन् ।

यो संगै काठमाडौ उपत्यकामा मात्रै कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १ लाख ८ सय ७२ पुगेको छ । 

हाल सम्म काठमाडौका ८१ हजार ५ सय ८८, ललितपुरका ११ हजार ९ सय ४८ र भक्तपुरका ७ हजार ३ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भईसकेको छ । 

शुक्रबार थपिएका संक्रमित सहित नेपालमा हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।

शुक्रबार देशभर गरी २४ हजार ६ सय ६५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । 

सक्रिय संक्रमित मध्ये १९ हजार १४ जना होम आइसोलेसन तथा बाँकी ५ हजार ६ सय ५१ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयलका अनुसार गम्भिर लक्षण भएका ४ सय ३ जनाको आइ.सी.यू र ६३ जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको । 

यसैगरी शुक्रबार कोरोना संक्रमणका कारण थप २२ जनाको मृत्यु  भएको छ । यो सैगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १ हजार २ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।


ताजा खबर