राष्ट्रपति यसबर्ष छठ पूजामा सहभागी नहुने

राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा पूजामा सरिक हुन नसक्ने हुनुभएको छ ।

राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गर्नुभएको थियो ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिनुभएको हो ।

राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि जानुभएको थिएन ।


ताजा खबर