उपत्यकामा१५,६९०सहित कुल २,१२,९१७मा कोरोना पुष्टी

 थप ३ हजार ५ सय ३८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ८५ दशमलव ८ प्रतिशत रहेको छ ।

आज २८ हजार ८ सय ७८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

आज २६ हजार ४ सय २१ जना संक्रमित होम आइसोलेसन तथा २ हजार ४ सय ५७ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ ।

आज काठमाडौमा १२ हजार ५ सय ७२, ललितपुरमा २ हजार ५६ र भक्तपुरमा १ हजार ६२ जना गरी उपत्यकामा मात्रै १५ हजार ६ सय ९० जना अर्थात् ५४ दशमलव ३३ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमित मध्ये गम्भिर लक्षण भएका ३ सय २६ जनाको आइ.सी.यू र ५४ जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार आज ६ हजार ७ सय ३१ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा जम्मा ९ सय ८ जना पुरुष तथा ५ सय ३४ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका संक्रमितको ७१ दशमलव ९८ प्रतिशत अर्थात् १ हजार ३८ जना काठमाडौ उपत्यकाका मात्रै रहेका छन् ।

आज काठमाडौका ८ सय २२ जना, ललितपुरका १ सय ६८ जना र भक्तपुरका ४८ जनामा सक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको कूल संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको जनाएको छ ।

यस्तै आज कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १ हजार २ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।


ताजा खबर