राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार बिहान शीतल निवासमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको थियो ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेट नियमित भएको बताउनुभयो । सरकारको कार्यप्रगति तथा अन्य विषयमा ब्रिफिङका लागि प्रधानमन्त्री ओली बिहान शीतल निवास आउनुभएको हो ।

उहाँहरुबीच करिब एक घण्टा छलफल भएको उहाँले बताउनुभयो ।


ताजा खबर