नेपाल बंगलादेश मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा

मुजिव बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ ।

पहिलो खेला कात्तिक २८ गते २-० ले पराजित भएका कारण नेपलले सिरिज भने १-० ले गुमाएको छ ।

बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा दुवै टिमले केहि गोलका अवसरहरु खेर फालेका थिए । बंगलादेशका सुमोन रेजा र सोएल राना तथा नेपालका अनन्त तामाङ, अन्जन विष्टले अवसर पाए पनि गोल गर्न असमर्थ रहे ।

खेलको इन्ज्यूरी समयमा रन्जित धिमालको फ्रिकिकलाई सदुपयोग गरी पेनाल्टी एरियाबाट नवयुग श्रेष्ठले गरेको प्रहार पोलमा लागेर फर्किएपछि नेपालले खेल जित्न चुकेको हो ।

आजको खेलमा पुजन उपर्कोटी, छिरिङ गुरुङ र शेशेहाङ आङदेबेले राष्ट्रिय टोलीबाट डेब्यू गरे ।

नतिजा जे भए पनि कोरोनाले अस्तव्यस्त नेपाली खेलकुदका लगि यसले सकारात्मक सन्देश दिएको छ । सरकारले खेलकुद प्रशिक्षण सुरु गर्ने निर्णय गरिसके पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुको आयोजनाका लागि पहल सुरु गर्न सहज बनाएको छ ।

कोरोनाका कारण ८ महिनादेखि ठप्प घरेलु खेलकुद गतिविधिलाई चलायमान बनाउने प्रक्रियाको पहिलो चरणका रुपमा नेपाली राष्ट्यिर फुटबल टोलीले बंगलदेशको राष्ट्रिय टोलीसँग २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको शृंखला खेलेको छ ।

सरकारले असोज अन्तिम साता फुटबलको प्रशिक्षण सुरु गर्न अनुमति दिएको थियो । फिफा र एएफसी विश्वकप छनोट खेल नजिकिरहेको अवस्थामा बंगलादेशसँगको खेलमा नेपालले आफ्नो स्तर परीक्षण गरेको हो । –रासस


ताजा खबर